एसईईमा छात्राभन्दा छात्र धेरै

Image
maya metro

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्रको सङ्ख्या बढ्न थालेको छ। विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्यांक हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यो वर्ष एसईईमा सहभागी हुनपाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन्। तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

nisarga

गत २०७९ सालको एसइईमा पनि छात्राभन्दा छात्र नै बढी सहभागी भएका थिए । त्यतिवेला परीक्षामा सहभागी कुल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ५५ हजार ९१७ जना थिए ।

छात्रको सङ्ख्या छात्राको तुलनामा करिब पाँच हजार बढी अर्थात् दुई लाख ६० हजार ६७४ जना थियो । २०७८ सालको एसइईमा छात्रभन्दा छात्रा ३८ जनाले मात्रै बढी थिए।

त्यो वर्ष परीक्षामा सहभागी चार लाख ८५ हजार ३९६ जम्मा परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ४२ हजार ७१२ र छात्रको सङ्ख्या दुई लाख ४२ हजार ६७४ रहेको थियो ।

‘केही वर्ष यता एसइईमा छात्राभन्दा छात्रको सङ्ख्या वृद्धि हुँदै गएको छ’, उनले भने, ‘यसो हुनुको कारणबारे पनिकाले विश्लेषण गरेको छैन।’ छात्राको तुलनामा छात्र बढी देखिनुलाई संयोग मात्रै नठानेर तत्कालीन र दीर्घकालीन रूपमा पार्न सक्ने असरको संकेतका रूपमा बुझ्नुपर्ने जनसङ्ख्याविद् बताउँछन् ।

पहिले एक जना महिलाले आफ्नो जीवनकालमा चारपाँच सन्तान जन्माउँथे। तर पछिल्ला वर्षहरूमा त्यस्तो सङ्ख्या मुस्किलले दुईको हाराहारीमा झरेको छ । ‘दुई वटा सन्तान जन्माउनेमध्ये पनि अधिकांश पहिलो सन्तान छोरी भयो भने छोराको आशमा दोस्रो सन्तानको इच्छा गर्ने धेरै छन्’, त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या केन्द्रीय विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले भने,‘अझ अहिले त पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानको इच्छा नै नगर्ने आमाबाबुको सङ्ख्या बढ्न थालेको छ । त्यसैको असर एसइई दिने परीक्षार्थीको सङ्ख्यामा देखियो ।

गोरखापत्र दैनिकमा समाचार छ