धनगढीका नगर प्रमुख हमालकी छोरी भारतबाट सम्पर्क विहिन

Image

अत्तरिया – धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन्।

नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन्। ओशो साधक उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनको साथीबाट खबर प्राप्त भएको हमालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

2 ad new year 1

भारतको गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीले खोजी कार्यमा सहयोग गरिदिन हमालले आग्रह गरेका छन्। साथै नगर प्रमुख हमालकी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न आज (मंगलबार) रातिको प्लाइटमा गोवा गोवा पुग्ने भएकाले ००९१– ९७९४०९६०१४, ८२७३५३८१३२, ९३८९६०७९५३ मा सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन नगर प्रमुख हमालले सबैमा अपिल समेत गरेका छन्।