कुनै दबाबमा नपरी काम गर्छु : डिएसपी थापा

Image

अत्तरिया – कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले कुनै दबाबमा नपरी काम गर्ने बताएका छन् ।

आज कार्यालयमा आयोजना गरिएको परिचयात्मक तथा अन्तरक्रिया कार्याक्रममा डिएसपी थापाले कुनै दबाबमा नपरी काम गर्नेे बताएका हुन् । उनले इलाका प्रहरी कार्यालय मालाखेतीको कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न भरपुर प्रयास गर्ने बताए ।

आफ्नो कार्यकालमा यो क्षेत्रका स्थानीयको साथ रहनेमा आफु विश्वस्त रहेको उनले बताए । परिचयात्मक कार्यक्रममा स्थानीयहरुले अत्तरिया क्षेत्रका समस्या डिएसपीसामु राखेका थिए । यो क्षेत्रमा लागूऔषध,वेश्यावृति,जुवातास लगायतका समस्या रहेको स्थानीयको भनाई छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीमा प्रमुखका रुपमा कार्यरत गणेश बहादुर बरालको सरुवा भएपछी दुईदिन अघि थापा कार्यालय प्रमुखको रुपमा उपस्थित भएका हुन् ।