
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा म्याराथन प्रतियोगिता हुने भएको छ । सामाजिक विकृति एवम् लागू औषध र्दुव्यसनीको विरुद्ध “अब कृष्णपुर दौडिन्छ निरन्तर” भन्ने नाराका साथ वडा नम्बर ५ मा रहेको ब्राईट नेपाल युवा क्लबको आयोजनामा आगामी वैशाख १ गते म्याराथन दौड प्रतियोगिता हुने लागेको हो ।
क्लबकी अध्यक्ष प्रेरणा पाण्डेयले लागू औषध र्दुव्यसनी न्युनीकरण गर्ने तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताईन् ।

३ किलोमिटर दुरीको म्याराथनको लागि कृष्णपुर नगरपालिकाको गुलरियाबाट सुरु भई २ नम्बर चौराह हुँदै पुनः गुलरिया चोकसम्मको क्षेत्र तय गरिएको छ ।
त्यस्तै लागि ७ किलोमिटर दुरीको म्याराथनको लागि कृष्णपुर नगरपालिकाको वडा नम्बर २ वाणी चोकदेखी सुरु भई गुलरिया चोकसम्मको क्षेत्र तय गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार र तृतीय हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।
म्याराथन प्रतियोगितामा सहभागि हुन चाहने प्रतियोगीले कृष्णपुर नगरपालिकाका सबै वडा कार्यालयबाट फर्म भर्न सक्नेछन् अनलाइनमार्फत पनि फर्म उपलब्ध गर्न सक्नेछन् ।
फर्म भर्दा सहभागिले एक सय रुपैँया तिर्नु पर्नेछ भने सो बाफत क्लबले एउटा जर्सी उपलब्ध गराउनेछ ।














