
अत्तरिया – कैलालीको अत्तरियामा सुदूरपश्चिम राजधानी मेयर कप वैशाख १४ गतेदेखी आयोजना हुने भएको छ ।
पि एफ ए स्पोर्ट्स क्लबको आयोजनामा वैशाख १४ गतेदेखी २२ गतेसम्म सुदूरपश्चिम राजधानी मेयर कप संचालन हुने भएको हो।

आयोजक पि एफ ए स्पोर्ट्स क्लबले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
१२ ओटा टिम सहभागी रहने उक्त प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कारसंगै ट्रफि,मेडल र प्रमाणपत्र पाउने क्लबकी उपाध्यक्ष भगवती साँउदले बताईन ।
त्यस्तै द्दितिय हुने टिमले १ लाख नगदसंगै ट्रफि,मेडल र प्रमाणपत्र पाउने उनले बताईन ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार,उत्कृष्ट गोलरक्षकले १० हजार पाउनेछ भने उत्कृष्ट मध्य मैदान खेलाडी तथा उत्कृष्ट अग्र मैदान खेलाडीले १० हजार पाउनेछ ।
त्यसैगरी प्रतियोगितामा म्यान अफ द म्याचकालागि ३३ हजार रुपैयाँ छुट्याईएको छ ।
उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकले प्रतियोगिताको कुल खर्च २१ लाख अनुमान गरेको छ।
प्रतियोगिताका लागि आजैदेखी टिम दर्ता सुरु गरिएको छ । टिम दर्ता शुल्क ८ हजार तोकिएको छ ।














