अत्तरियामा जेठ २ गतेदेखी पि एफ ए भेट्रान कपको पाँचौँ सँस्करण आयोजना हुने

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा आगामी जेठ २ गतेदेखी पि एफ ए भेट्रान कप क्रिकेट प्रतियोगिताको पाँचौँ सँस्करण आयोजना हुने भएको छ । आयोजक पि एफ ए स्पोट्स क्लब अत्तरियाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ २ गतेदेखी १२ गतेसम्म पाँचौ भेट्रान कपको आयोजना हुने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका महासचिव सिद्ध बोहराले प्रतियोगितामा ८ ओटा टिम सहभागी हुने बताए । प्रतियोगितामा सहभागी हुने खेलाडी जेठ २ गतेसम्म ३२ वर्ष उमेर पुगेको हुनु पर्नेछ । हरेक टिमले ३ जना खेलाडी अक्सन प्रणालीबाट खरिद गर्न सक्ने छन् ।

nisarga

प्रतियोगिताको दर्ता शुल्क ५ हजार रुपैँया राखिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद , ट्रफि मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी म्यान अफ द सिरीज लाई १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट ब्याट्सम्यानलाई नगद ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

बेस्ट बलरलाई नगद ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्यक खेलका म्यान अफ द म्याचलाई एक हजार पाँच सय बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका खेलहरु टि २० फर्मेटमा टेनिस बलद्वारा खेलाइने प्रतियोगिताका खेल संयोजक रजत शाहीले बताए । बनखेतस्थीत सशस्त्र प्रहरीको खेल मैदानमा हुने प्रतियोगिताको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ ।