Attariya Hospital Pvt.Ltd.

कुल निर्यातभन्दा झन्डै दोब्बर रुपैँया बराबरको पेट्रोलियम पदार्थ मात्र आयात

padma
milan sunchadi

काठमाडौँ – मुलुकको कुल निर्यातभन्दा झन्डै दोब्बर रुपैँया बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) महिनामा नेपालबाट एक खर्ब १३ अर्ब रुपैँयाको निर्यात हुँदा झन्डै दोब्बर रकम दुई खर्ब १० अर्ब रुपैँयाको पेट्रोलियम पदार्थ आयात भएको छ ।

नौ महिनामा निर्यात तीन प्रतिशतले घटेर एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैँयामा झरेको छ । नौ महिनामा पेट्रोलियम पदार्थको पेट्रोलियम पदार्थको आयात गत वर्षको तुलनामा घटे पनि कुल निर्यातको तुलनामा झन्डै दोब्बर रहँदै आएको छ ।

Siddi ganesh

गत आवको सोही अवधिमा दुई खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपैँया बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको माग कम हुँदा आयातमा कमी आएको छ ।

विभागले नौ महिनाको अवधिमा एक खर्ब तीन अर्ब रुपैँयाको डिजेल आयात भएको छ । यस्तै सो अवधिमा ५० अर्ब २५ करोडको पेट्रोल र ४१ अर्ब रुपियाँ बराबरको एलपी ग्यास आयात भएको छ। यस्तै १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ ।

चालु आवमा पेट्रोलियम पदार्थ आयातबाट सरकारलाई ७८ अर्ब ८२ करोड ६२ लाख १४ हजार राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा सरकारले ७५ अर्ब पाँच करोड ४३ लाख ८३ हजार रुपैँया राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागका अनुसार चालु आवको नौ महिनामा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार बराबरको पाँच लाख छ हजार १५९ किलोलिटर पेट्रोल आयात भएको छ । सरकारलाई १८ अर्ब ९५ करोड ४७ लाख १९ हजार रुपैँया राजस्व प्राप्त भएको सङ्कलन भएको छ ।

यस्तै नौ महिनामा एक खर्ब तीन अर्ब २२ करोड ८४ लाख १५ हजार रुपियाँ बराबरको नौ लाख ८६ हजार ९५० किलोलिटर डिजेल आयात भएको छ । डिजेल आयातमा सरकारलाई ३९ अर्ब ९८ करोड १२ लाख ४२ हजार राजस्व प्राप्त भएको छ । नौ महिनाको ४१ अर्ब ७६ करोड ४६ हजार रुपैँया बराबरको ३९ करोड २३ लाख छ हजार ३०२ किलो एलपी ग्यास आयात भएको हो । जसबापत सरकारलाई सात अर्ब ६४ करोड ९५ लाख ३० हजार रुपैँया सङ्कलन राजस्व आएको छ ।

गोरखापत्र

Nawadurga
Leave A Reply

Your email address will not be published.