सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार

Image
maya metro

डोटी – डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बिच भागमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ।

उनीहरूको शनिबार सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो। सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएका स्थानीयवासी तटबन्ध निर्माण गर्न बाँधिएको अस्थायी बाँध फुट्दा नदीको बिच भागमा फसेका थिए।

nisarga

उद्धार गरिएकाहरूमा सोही नगरपालिका–२ बस्ने ८६ वर्षीय मोहन पाठक, ७६ वर्षीय प्रेमबहादुर कठायत, ७० वर्षीय शिवराज कठायत, ६९ वर्षीय बालुराम कठायत, ७४ वर्षीय हेमराज जोशी, ६५ वर्षीय बाटु कठायत, ८० वर्षीय पदमराज भट्ट, ६० वर्षीय संजा श्रेष्ठ, ३८ वर्षीय दीपकराज पाठक, ९ वर्षीय कृष्ण कठायत र ६ वर्षीय ब्रण्डन कठायत रहेका सशस्त्र प्रहरीले जनाएको छ।