Attariya Hospital Pvt.Ltd.

डिजेल र मट्टीतेलको मूल्य घट्यो

padma
milan sunchadi

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोल र एलपि ग्यासको मूल्य यथावत राखेको छ भने हवाइ इन्धनको मूल्य बढाएको छ।

भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको छ। अब पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पर्ने छ।

यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पर्छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ प्रति किलोलिटर ७ डलर वृद्धि गरिएको निगमले सूचना जारी गरी जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.