Attariya Hospital Pvt.Ltd.

भेट्रान कप क्रिकेट प्रतियोगिताको अक्सन सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा आगामी जेठ २ गतेदेखी  सुरु हुन गैरहेको भेट्रान कप क्रिकेट प्रतियोगिताको अक्सन सम्पन्न भएको छ ।

बिहिबार अत्तरियास्थित नमस्ते होटलको पार्टी प्यालेसमा आयोजना भएको अक्सन सम्पन्न भएको हो । प्रतियोगितामा सहभागि ९ वटा टिमहरुले अक्सन मार्फत ३/३ वटा खेलाडीहरु खरिद गरेका छन ।

जसमा अत्तरियामा रहेको कैनोडा सप्लायर्सले सबैभन्दा बढी रकम खर्च गरेको छ ।कैनोडाले ३ वटा खेलाडीहरु खरिद गर्नका लागि ४३ हजार रुपैया खर्च गरेको छ । त्यस्तै गेटा ब्लास्टरले भने सबैभन्दा कम रकममा ३ वटा खेलाडी खरिद गरेको छ । उसले ३ वटा खेलाडी खरिद गर्नका लागि १५ हजार रुपैया खर्च गरेको छ ।

Siddi ganesh

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद , ट्रफि मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी म्यान अफ द सिरीज लाई १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट ब्याट्सम्यानलाई नगद ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

बेस्ट बलरलाई नगद ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्यक खेलका म्यान अफ द म्याचलाई एक हजार पाँच सय बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका खेलहरु टि २० फर्मेटमा टेनिस बलद्वारा खेलाइने प्रतियोगिताका खेल संयोजक रजत शाहीले बताए । बनखेतस्थीत सशस्त्र प्रहरीको खेल मैदानमा हुने प्रतियोगिताको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ ।

कुन खेलाडी कतिमा किनिए :

Nawadurga
Leave A Reply

Your email address will not be published.