बजेट अधिवेशन आजदेखि

Image

काठमाडौं – बजेट अधिवेशन भनिने संघीय संसद्को बर्खे अधिवेशन आजदेखि शुरु हुँदैछ। दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न २ बजे बोलाइएको छ।

यसअघि मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। त्यो बैठकले प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची तय गर्नेछ। हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

nisarga

संसद्को यो अधिववेशन पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानका कारण प्रभावित बन्ने देखिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ।

संसद्को अघिल्लो अधिवेशनको अन्त्यतिर पनि उसले यही माग राख्दै सदनमा अवरोध गरेको थियो। तर सत्तारुढ दलले भने यसलाई अस्वीकार गर्दै आएका छन्।