अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया सामुदायिक सिकाई केन्द्र (सिएलसि) ले गोदावरी नगरपालिका वडा नम्बर ४ स्थीत गोदावरी धाममा रहेको गुरुकुल संस्कृत विद्यापीठका बटुकहरुलाई पुस्तक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
आइतबार एक कार्यक्रमकाबिच सिएलसि अत्तरियाले गुरुकुल विद्यापीठका ३० जना बटुकहरुलाई पुस्तक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
भर्ना अभियान २०८१ अन्तरगत सँस्थाको निजी स्रोतबाट कापी,कलम र किताब गरि ६५ हजार रुपैँया बराबरको शैक्षिक सामग्री वितरण गरिएको सिएलसि अत्तरियाका अध्यक्ष टिकादत्त जोशीले बताएका छन् ।
गोदावरी धामद्धारा सञ्चालीत गुरुकुलमा हाल ३० जना बटुकहरु अध्यन गर्दै आईरहेका छन् ।