प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी अन्तिम चरणमा

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा हुने सुदूरपश्चिम् प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

जेठ ११ र १२ गते अत्तरियामा हुने सामुदायिक र सार्वजनिक पुस्तकालयहरुको प्रदेश स्तरीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पुस्तकालयले जनाएको छ ।

2 ad new year 1

सम्मेलनलाई सफल पार्न विभिन्न उप समितीहरु गठन गरिएको छ । जसमा सांस्कृतिक संयोजक लिलाधर बाँस्कोटा,आवास तथा भोजनालय संयोजक धर्म सिंह कुँवर,अतिथी सत्कार तथा मंन्च ब्यवस्थापन संयोजक कमला भट्टराई र प्रतिनिधि व्यवस्थापन तथा समन्वय संयोजकको जिम्मेवारी भुपेस जोशीलाई प्रदान गरिएको छ ।

सम्मेलनमा सुदूरपश्चिम् प्रदेशका ९ वटै जिल्ला मध्ये पहाडी जिल्ला बाट १–१ जना र कैलाली कंचनपुरका सामुदायिक पुस्तकालय बाट २–२ जना व्यक्तिको उपस्थिति रहने गरि सुदूरपश्चिम् प्रदेश भित्रका ३० वटा सामुदायिक पुस्तकालयहरुको प्रतिनिधित्व हुनेछ ।

उक्त सम्मेलनमा सुदूरपश्चिम् प्रज्ञा प्रतिष्ठान,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय,सामाजिक विकास मन्त्रालय,नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपालको समन्वय÷सहकार्य गरेको छ ।

प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको जेठ ११ गते बिहान ८ बजे सुुदूरपश्चिम् प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले उद्घाटन गर्ने निश्चित भएको प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले बताएका छन् ।

पुस्तकालयका कार्यसमिति सदस्य तथा प्रतिनिधि व्यवस्थापन उप–समिती सदस्य हेमन्त राज जोशी(बाजे)ले प्रतिनिधिहरुलाई बस्ने व्यवस्था अत्तरियाकै नमस्ते होटलमा गरिएको बताएका छन् ।