अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा हुने सुदूरपश्चिम् प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा भएकोे छ ।
जेठ ११ र १२ गते अत्तरियामा हुने सामुदायिक र सार्वजनिक पुस्तकालयहरुको प्रदेश स्तरीय सम्मेलनको तयारी पुरा भएको पुस्तकालयले जनाएको छ । सम्मेलनको भोली बिहान ८ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीले उद्घाटन गर्ने कार्यक्रम रहेको पुस्तकालयले जनाएको छ ।

सम्मेलनलाई सफल पार्न विभिन्न उप समितीहरु गठन गरिएको छ । जसमा सांस्कृतिक संयोजक लिलाधर बाँस्कोटा,आवास तथा भोजनालय संयोजक धर्म सिंह कुँवर,अतिथी सत्कार तथा मंन्च ब्यवस्थापन संयोजक कमला भट्टराई र प्रतिनिधि व्यवस्थापन तथा समन्वय संयोजकको जिम्मेवारी भुपेस जोशीलाई प्रदान गरिएको छ ।
सम्मेलनमा सुदूरपश्चिम् प्रदेशका ९ वटै जिल्ला मध्ये पहाडी जिल्ला बाट १–१ जना र कैलाली कंचनपुरका सामुदायिक पुस्तकालय बाट २–२ जना व्यक्तिको उपस्थिति रहने गरि सुदूरपश्चिम् प्रदेश भित्रका ३० वटा सामुदायिक पुस्तकालयहरुको प्रतिनिधित्व हुनेछ ।
उक्त सम्मेलनमा सुदूरपश्चिम् प्रज्ञा प्रतिष्ठान,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय,सामाजिक विकास मन्त्रालय,नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपालसंग समन्वय÷सहकार्य गरेको छ ।