प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको मुख्यमन्त्री सोडारीद्धारा उद्घाटन

Image

अत्तरिया – कैलालीको अत्तरियामा सुदूरपश्चिम् प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको उद्घाटन गरिएको छ । प्रतिभा सामुदायिक पुस्तकालयले आयोजना गरेको सुदूरपश्चिम् प्रदेश स्तरीय प्रथम सामुदायिक पुस्तकालय सम्मेलनको आज एक समारोहका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीले उद्घाटन गरेका हुन् ।

सम्मेलनमा सुदूरपश्चिम् प्रदेशका ९ वटै जिल्ला मध्ये पहाडी जिल्ला बाट १–१ जना र कैलाली कंचनपुरका सामुदायिक पुस्तकालय बाट २–२ जना व्यक्तिको उपस्थिति रहने गरि सुदूरपश्चिम् प्रदेश भित्रका ३० वटा सामुदायिक पुस्तकालयहरुको प्रतिनिधित्व रहेको छ ।

उक्त सम्मेलनमा सुदूरपश्चिम् प्रज्ञा प्रतिष्ठान,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय,सामाजिक विकास मन्त्रालय,नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपालसंग समन्वय÷सहकार्य गरेको छ ।

सम्मेलन भोलीसम्म चल्नेछ ।