अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि ७३ लाख २३ हजारको बजेट सार्वजनिक गरेको छ ।
वडाले आज आठौं वडा भेलामार्फत पूर्वाधार विकासतर्फ ३३ लाख,सामाजिक विकासतर्फ १६ लाख ८० हजार,आर्थिक विकासतर्फ ११ लाख,विपद व्यवस्थापनतर्फ ५० हजार र अन्यमा कार्यालय संचालनतर्फ ५ लाख २३ हजार ४६७ तथा मागमा आधारित बजेट ६ लाख ७० हजार रुपैँया बराबरको बजेट विनियोजन गरेको हो ।
वडा नम्बर ३ ले चालु आर्थिक वर्षको बैशाख सम्म २१ लाख १२ हजार ५३८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
गोदावरीमा हिजोबाट वडा भेला सुरु भएको हो । आजै दिउँसो ३ बजे वडा नम्बर ४ ले वडा भेला गर्दैछ ।