अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
आज वडा भेलामार्फत वडा अध्यक्ष कलावती साउदले ६८ लाख ४८ हजार ९६८ रुपैँयाको बजेट सार्वजनिक गरेकी हुन् । जस्मा भौतिक पूर्वाधार विकास तर्फ ३४ लाख, सामाजिक विकास तर्फ १५ लाख विनियोजन गरिएको वडा अध्यक्ष साउदले बताईन ।
त्यसै गरी आर्थिक विकास तर्फ १० लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि १ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ८ लाख ४८ हजार ९६७ बजेट विनियोजन गरिएको छ ।