गोदावरी-८ को आगामी आर्थिक वर्षको बजेट ७२ लाख ३८ हजार सार्वजनिक

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

आज वडा भेलामार्फत वडा अध्यक्ष गोविन्द चौधरीले ७२ लाख ३८ हजार ९३९ रुपैँयाको बजेट सार्वजनिक गरेका हुन् ।

2 ad new year 1

जस्मा भौतिक पूर्वाधार विकास तर्फ ३१ लाख १० हजार, सामाजिक विकास तर्फ २५ लाख १५ हजार ९३९  रुपैँया विनियोजन गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन।

त्यसैगरी आर्थिक विकास तर्फ ८ लाख ६९ हजार, वातावरण तथा विपद व्यवस्थापनका लागि ५ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ६ लाख ९४ हजार बजेट विनियोजन गरिएको छ ।