अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
आज वडा भेलामार्फत वडा सदस्य शेर बहादुर तामाङ्गले ७१ लाख ८४ हजार ५८६ रुपैँयाको बजेट सार्वजनिक गरेका हुन् ।
जस्मा भौतिक पूर्वाधार विकास तर्फ ३१ लाख , सामाजिक विकास तर्फ १७ लाख ७५ हजार विनियोजन गरिएको वडा सदस्य तामाङ्गले बताएका छन।
त्यसै गरी आर्थिक विकास तर्फ ७ लाख , वातावरण तथा विपद व्यवस्थापनका लागि १० लाख ९ हजार ५८६.६० र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ६ लाख बजेट विनियोजन गरिएको छ ।