गोदावरी-१२ को बजेट ७६ लाख ५१ हजार

Image
oplus_2
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

वडाले हिजो वडा भेलामार्फत वडा अध्यक्ष भिम बहादुर खड्काले ७६ लाख ५१ हजार ५२३ रुपैँया सार्वजनिक गरेका हुन् । जस्मा भौतिक पूर्वाधार विकास तर्फ २० लाख ५० हजार, सामाजिक विकास तर्फ २५ लाख ५० हजार विनियोजन गरिएको वडा अध्यक्ष खड्काले बताएका छन।

nisarga

त्यसै गरी आर्थिक विकास तर्फ २३ लाख ४० हजार, बन तथा वातावरण लागि १ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकास तथा अन्य खर्चका लागि ६ लाख ११ हजार ५२३.७६ बजेट विनियोजन गरिएको छ ।