अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले टिप्पर खरिद गरेको छ ।
सोमबार नगरपालिकाले एउटा टिप्पर खरिद गरेको हो । अशोक ले लेन्ड कम्पनीबाट भ्याटसहित ४५ लाख २० हजार रुपैँयामा टिप्पर खरिद गरिएको जनाईएको छ ।
टिप्पर खरिदका लागि नगरपालिकाले विधुतिय बोलपत्र आह्वान गरेको थियो । नगरपालिकासंग यसअघि दुईओटा टिप्पर थियो ।