आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेकाे छ । अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । नेपालले ब्याटिङकाे निम्ताे पाएकाे छ ।
नेपालले नेदरल्यान्ड्सबीचकाे खेल राति सवा ९ बजे शुरु हुनुपर्ने भए पनि मैदान चिसाे भएका कारण केहीबेर ढिला शुरु भएकाे हाे ।
आजकाे खेलमा नेपाली टाेलीमा कप्तान राेहित पाैडेलसँगै, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, साेमपाल कामी, करण केसी, अविनाश बाेहरा र सागर ढकाल । साेमपाल कामी दुई पटक विश्वकप खेल्ने पहिलाे नेपाली खेलाडी बनेका छन् ।
नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । यो विश्वकपमा नेपालका कप्तान रोहित पौडेल कान्छा कप्तान हुन् । आज पहिलो खेलमा कप्तानी गर्दा उनको उमेर २१ वर्ष ९ महिना २ दिनको हुनेछ ।
नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङग्लादेश रहेका छन् । यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।