नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

Image
ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)
maya metro

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग नेपाल पराजित भएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा दक्षिण अफ्रिका १ रनले पराजित भएको हो।

nisarga

११६ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल फिनिसिङमा चुक्दा १ रनले पराजित भयो। नेपालका लागि ओपनर कुशल भुर्तेलले १३ रन बनाए। यस्तै अनिल साहले २७ रनको योगदान गरे। अरिफ शेखले ४२ रनको योगदान गरे। यस्तै दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए।

दक्षिण अफ्रिकाका तब्रिज साम्सीले ४ विकेट लिए।

त्यस अघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनायो। दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए

यस समूहबाट दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरिसकेको छ। श्रीलंका समूह चरणबाटै बाहिरिँदा नेपालको पनि सम्भावना सकियो।