Attariya Hospital Pvt.Ltd.

अत्तरियाबाट एकानब्बे हजारका अवैध सामान बरामद

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियाबाट एकानब्बे हजारका भन्सार छली ल्याई बेबारिशे अवस्थामा रहेका अवैध सामान बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शनिबार राति गोदावरी नगरपालिका-२ अत्तरियामा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी एकानब्बे हजार एक सय मुल्य बराबरका कुर्तासुरुवाल, सुट र थानको कपडा समेतका लुगा बरामद गरेको हो ।

उक्त भन्सार छलीका सामानहरु आज आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.