कञ्चनपुरमा सर्पको टोकाईबाट एक जनाको मृत्यु

Image
maya metro

धनगढी – कञ्चनपुरमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुरका राम पाण्डेयको सर्पको टोकाईबाट मृत्यु भएको हो।

nisarga

हिजो (मंगलबार) साँझ पाण्डेयलाई सर्पको टोकाईबाट मृत्यु भएको वडाअध्यक्ष घुम्मन रानाले बताए।

करिब ४१ वर्षीय पाण्डेय खेतमा काम गरेर घर आउने बेला सर्पले डसेर उनको मृत्यु भएको वडाअध्यक्ष रानाले बताए।