अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा २१ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । गोदावरी युवा सञ्जालको आयोजनामा आज २१ औँ राष्ट्रिय धान दिवस मनाईएको हो । राष्ट्रिय धान दिवस कार्यक्रममा गोदावरी युवा सञ्जालका प्रतिनिधीहरुले किसानहरू सँगै धान रोपेका थिए ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मङ्सिर २९ गतेको मन्त्री स्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन सुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।
कैलाली जिल्लामा झन्डै ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस आज देशभर मनाईएको छ ।