
अत्तरिया – साउन महिनामा महिलाहरुले हरिया चुरा,पोते,मेहेन्दी लगायत पहिरन पनि हरियो नै लगाउने गर्छन् ।


अहिले मध्य असार चलिरहँदा हरिया चुरा,पोते,मेहेन्दी लगायतका सामानले श्रृंगार पसल भने भरि भराउ हुन थालि सकेका छन् ।

कैलालीको अत्तरिया बजारका श्रृंगार पसलमा हरिया चुरा,पोते,मेहन्दीले सजिसकेका छन् । अन्य समयमा खासै महत्व नदिनेहरु पनि साउनमा विशेष महत्व दिएर हरियो पहिरन, चुरा र मेहन्दी लगाउन चासो देखाउँछन् ।

हरियो महिना मानिने साउनमा यस्तै वस्तुहरुको राम्रो व्यापार हुने व्यापारीहरु बताउँछन् । उनीहरुका अनुसार साउनमा अन्य श्रृंगारका सामग्रीमा हरियो चुरा नै निकै बिक्ने गर्छ ।

हिजोआज श्रृंगारका पसलमा चुरा,पोते,टिकिया,डोरी,नङ पालिस लगायतका सामानहरु सबै हरियामा देखिन थालेका छन् । 
















