
अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले अनैतिक क्रियाकलाप गर्ने माथि कडाई गरेका छन् । मध्य चैत्रमा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखका रुपमा हाँजीर भएका थापाले पछील्लो साढे तीन महिनामा अनैतिक क्रियाकलापमा संलग्न ३७ जना पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएका छन् ।
गत आर्थिक वर्ष २०८० /८१ मा अत्तरियाका विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप गर्ने गराउने होटल सञ्चालकसहित ५९ जना पक्राउ परेकोमा ३७ जना पछील्लो सोढेतीन महिनामा पक्राउ परेका हुन् । गत आर्थिक वर्ष २०८०/ ८१ मा अत्तरियाका विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप गर्ने गराउने होटल सञ्चालकसहित ३० जना महिला,२८ जना पुरुष र एकजना तेस्रोलिंगी पक्राउ परेका छन् ।

त्यसमध्य १६ जना महिला,२० जना पुरुष र एकजना तेस्रोलिंगी पछील्लो साढेतीन महिनामा पक्राउ परेको थापाले बताएका छन् । हाँजीर भएपछी परिचयात्मक, सुझाव,सल्लाहका लागि कार्यक्रम आयोजना गरिएकोमा उपस्थित धेरै व्यक्तिहरुले अत्तरियामा अनैतिक क्रियाकलाप बढेको र राष्ट्रिय स्तरमै अत्तरियाको बेइज्जत भएको भन्ने भनाई सार्वजनिक गरेपछी आफु त्यतातिर बढी केन्द्रित भएको थापाको भनाई छ ।
“स्थानीयको चासो र गुनासो पनि यहि विषयमा बढी देखियो,अनी कानुनी निकायको नजिकैको ठाँउमा यस्तो खालको विकृती हुनु भएन,यस्ले आउँदो पिडी समेत बिग्रीन्छ भन्ने उदेश्यले यो कार्यलाई पा्रथमिकतामा राखेको छु”,उनले भने ।
अनैतिक क्रियाकलापमा दोहोरिन्छन् महिला
अनैतिक क्रियाकलापमा सलंग्न धेरैजसो महिलाहरु दोहोरिएर आउने गरेको पार्ईएको थापाको भनाई छ । एकपटक कारबाही भोगेर आइसकेपछी पनि हातमुख जोर्ने अन्य बाटो नपाएपछी फेरी बाध्य भएर त्यहि पेशामा फर्किने गरेको पाईएको उनी बताँउछन् । संलग्नमध्य अधिकांश महिलाहरु भने पारिवारिक अवस्थाका कारण अनैतिक क्रियाकलापलाई पेशा नै बनाएर बस्ने गरेको उनले बताए । महिलाको हकमा धेरैको श्रीमानले अर्को बिहे गरेर वास्ता गर्न छोडेको,सम्बन्ध विच्छेद भएका र कुनै न कुनै हिसाबले घर बिग्रीएका महिलाहरु रहेको उनको भनाई छ ।
उचित व्यवस्थापन जरुरी
अनैतिक क्रियाकलापमा संलग्न अधिकांश महिलाहरु बाध्यात्मक पारिवारिक अवस्थाका कारण दोहोरिने समेत गरेको पाईएकोले राज्यले नै उचित व्यवस्थापन गर्नु जरुरी रहेको डिएसपी थापाको भनाई छ । त्यस्ता व्यक्तिहरुलाई सिपमूलक तालिम प्रदान गरि रोजगारी दिनुपर्ने उनी बताँउछन् ।
“नाजुक पारिवारिक अवस्थाका कारण अधिकांश महिलाहरु अनैतिक क्रियाकलापमा संलग्न भएको पाइने गरेको छ”, उनले भने, उहाँहरुलाई प्रहरीले समात्ने,कारबाही गर्ने छोड्ने मात्रै भन्दा पनि राज्यले कुनै उचित सिप प्रदान गरेर व्यवस्थित गर्दा उत्तम हुन्थ्यो ।”
















