पोखरामा स्कुल बस दुर्घटना

Image
maya metro

पोखरा – पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ ।

मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो ।

nisarga

बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको छ ।

सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।