Attariya Hospital Pvt.Ltd.

मन्त्री,सांसद तथा नगर प्रमुखद्धारा गोदावरीको मुख्य मन्दिरको निरीक्षण

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमसहित कैलालीको क्षेत्र नम्बर ४ का जनप्रतिनिधिले गोदावरीको मुख्य मन्दिर मानिने शिव मन्दिरको स्थलगत निरीक्षण गरेका छन् । बुधबार मन्त्री बमसहित यस क्षेत्रकी सांसद तुल्सी देवकोटा,खेमादेवी विष्ट तथा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट लगायतको टोलीले छुट्टाछुट्टै समयमा मन्दिरको निरीक्षण गरेको हो ।

कैलालीको प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल गोदावरी धामको मुख्य मन्दिर गोदावरी नदीको कटानले जोखिममा परेको छ । गोदावरी नदीले वर्षायाममा वर्षेनी कटान गर्दा मुख्य मन्दिर जोखिममा परेको हो । निरीक्षण पछी मन्त्री बमले तत्काल कटान रोकथामको व्यवस्था गर्न सिँचाइ डिभिजन कार्यालयलाई निर्देशन दिएका छन् । बमले कटान रोकथामका लागि तत्काल तारजालीको व्यवस्था गर्न निर्देशन दिँदै दिगो योजनाको लागि आफुहरु बजेटको व्यवस्थापनमा लाग्ने बताए ।

सम्बन्धित समाचार : नदी कटानले गोदावरी धामको मुख्य मन्दिर जोखिममा

Siddi ganesh
plastik

राज्यमन्त्री बमको टोलीले श्री पन्च दशनाम जुनाअखडा शिव भगवती तीर्थथाम शन्यास आश्रमका अध्यक्ष तुलसी गीरी महारजसंग भेट गर्दै निवेदन सहित मन्त्रालयमै उपस्थित हुन पनि आग्रह गरेको छ । त्यस्तै आजै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट,प्रवक्ता गोपालदत्त भट्ट लगायतले पनि कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछी नगर प्रमुख भट्टले आजै ग्याबिन सहितको तटबन्धको काम अघि बढाउन निर्देशन दिएका छन् ।

मुख्य मन्दिर क्षेत्रको हेरचाह श्री पन्च दशनाम जुनाअखडा शिव भगवती तीर्थथाम शन्यास आश्रमले गर्दै आएको छ । नरपालिकाले तटबन्धका लागि समितिलाई तारजाली समेत उपलब्ध गराईसकेको छ । कटान रोक्न हालका लागि ग्याबिन जालीले केही राहत हुने भएकोले आज देखि नै काम अगाडी बढाईएकोे नगर प्रमुख भट्टले बताएका छन् ।

यसरी एकै क्षेत्रबाट निर्वाचित जनप्रतिनिधीहरुले एकैदिन छुट्टाछुट्टै समयमा प्रभावित क्षेत्रको अनुगमन गरि रोकथामको काम अगाडि बढाउन फरक फरक निकायलाई निर्देशन दिनुले दुई सरकारबिच समन्वय नभएको प्रस्ट भएको छ । उता समितिका अध्यक्ष गीरीले भने नगरपालिकाले ग्याबिन जाली उपलब्ध गराएसंगै मजदुरका लागि रकमको व्यवस्था गरिदिन पनि नगर प्रमुख भट्टसंग आग्रह गरेका छन् ।

“जाली नगरपालिकाले दिएको छ,तर मजदुर लगाउन मन्दिरसंग बजेट छैन,उनले भने, मजदुरको ज्यालाका लागि रकम विनियोजन गरिदिन पनि नगर प्रमुखज्यु संग आग्रह गर्दछु ।”

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.