विष्णु माझीको यसपालिको तीज गीत आइनँ आमा…. सार्वजनिक (भिडियो सहित )

Image
maya metro

अत्तरिया – लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ ? पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने गरेकी छन्। त्यसैले यसपालि पनि उनको स्वरका प्रशंसकहरू नयाँ गीत पर्खिरहेका थिए।

अन्ततः विष्णु माझीको यसवर्षको तीज गीत युट्युबमा सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक आइनँ आमा.. बोलको गीतमा उनको एकल स्वर छ।
एकै झल्को देख्न मन छ
तिम्रो आँगन टेक्न मन छ
आइनँ आमा ओ यो तीजैमा

nisarga

पुतलीको भट्टी भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन्।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्। विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन्। म्युजका हिसाबले ‘चरी जेलैमा’ उनको सबभन्दा चर्चित तीज गीत हो। पुतलीको भट्टी भाग २० पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ।