अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा जारी गौरा पर्व मेलाको आज समापन गरिएको छ ।
स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा भदौ १० गतेबाट सुरु भएको गौरा पर्व मेला तथा डेउडा खेल कार्यक्रमको आज एक औपचारिक कार्यक्रमका बिच वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरीले समापन गरेका हुन् ।
उत्त मेलाको भदौ १० गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले उद्घाटा गरेका थिए ।
सात दिनसम्म सञ्चालन भएको गौरा पर्व मेलामा स्थानिय देउडा कलाकारहरुका साथै सुदूरपश्चिमका विभिन्न जिल्लाका कलाकारहरुको सहभागितामा डेउडा खेल भएको थियो ।
भाद्र कृष्ण पञ्चमीबाट सुरु भएको गौरा पर्व ठाउँ परिवेश अनुुसार फरक–फरक दिन समापन गर्ने गरिन्छ । स्याउलेमा गत शुक्रबार सेलाई सकिएको छ ।