अत्तरिया – कैलालीको अत्तरियामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महिला संगठन क्षेत्र नम्बर–४ को आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । संगठनकी अध्यक्ष जमुना विकको सभापतित्वमा आज सोमबार भएको उत्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्ट प्रमुख अतिथि रहेकी थिईन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विष्टले सभ्य र मौलिक ढंगले तिज मनाउन आग्रह गरिन् । तिजको अवसरमा शुभकामना व्यक्त गर्दै उनले हरितालिका तिजको आफ्नै महत्व रहेको भन्दै देखासिकी गरेर तडकभडक नगर्न आग्रह गरिन् ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,पार्टीका विभिन्न तहका पूर्व तथा वर्तमान पदाधीकारी,आस्थावान तथा महिलाहरुको उपस्थिति रहेको थियो । उनीहरुले तिजका गीतहरुमा एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।