गोदावरी होटल व्यवसायी संघको आयोजनामा दर खाने कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – गोदावरी होटल व्यवसायी संघको आयोजनामा तिजको दर खाने कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष लक्ष्मण धामीको सभापतित्वमा आज भएको भएको उत्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा प्रमुख अतिथि रहेकी थिईन् भने खेमा देवी विष्ट तथा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवीरोकाया विशिष्ट अतिथि रहेकी थिईन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि देवकोटाले सभ्य र मौलिक ढंगले तिज मनाउन आग्रह गरिन् । तिजको अवसरमा शुभकामना व्यक्त गर्दै उनले हरितालिका तिजको आफ्नै महत्व रहेको भन्दै देखासिकी गरेर तडकभडक नगर्न आग्रह गरिन् ।

nisarga

त्यस्तै विशिष्ट अतिथि रहेकी प्रदेश सभा सदस्य विष्टले आफ्नो स्वास्थ्यको ख्याल राखेर मात्रै व्रत बस्न आग्रह गरिन् ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,गोदावरी नगर पालिकाका कर्मचारी महिला,होटल व्यवसायीलगायतको उपस्थिति रहेको थियो । उनीहरुले नाचगान गर्नुका साथै दर खाएका थिए ।