गोदावरीको स्याउलेमा तिज विशेष सांस्कृतिक महोत्सव सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा तिज विशेष सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । स्याउलेमै रहेको वाइ एन डिजिटल स्टुडियोको आयोजनामा हिजोदेखी सुरु भएकोे तिज विशेष सांस्कृतिक महोत्सव आज एक सम्पन्न भएको हो ।

महोत्सवमा स्याउलेकै एजे डान्स एन्ड फिटनेस स्टुडियोले सहकार्य गरेको थियो । महोत्सवमा गोदावरी नगरपालिका मुख्य प्रर्वद्धक रहेको थियो भने वडा नम्बर ८ को कार्यालयले प्रर्वद्धन गरेको थियो । स्याउले बजार व्यवस्थापन समिति र समैजी तिज महिला समूहले महोत्सवमा विशेष गरेको थियो भने सैपाल ग्यास प्रालीले ब्यानर प्रायोजन गरी सहयोग गरेको थियो ।

nisarga

त्यस्तै विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उत्त महोत्सवमा सहयोग गरेका थिए । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले संस्कृति जोगाउनका लागि आयोजकले गरेको प्रयास सराहनिय रहेको बताए ।

कार्यक्रमका सभापती एवम् संयोजक रहेका एजे डान्स एन्ड फिटनेस स्टुडियोका सञ्चालक अनिल जेम्स तिरुवाले समपन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

महोत्सवमा तिजका गितमा विभिन्न एकल तथा सामूहिक नृत्यहरु प्रस्तुत गर्नुका साथै । विभिन्न स्थानीय तथा अतिथि कलाकारहरुको प्रस्तुती रहेको थियो । महोत्सवमा तिजका गितमा विभिन्न एकल तथा सामूहिक नृत्यहरु रहेका छन् ।