bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित

padma
milan sunchadi

दार्चुला – दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । हिमाली जिल्ला दार्चुलाका व्यास, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउ उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले जानकारी दिए ।

गत वर्ष १७० हेक्टर जमिनमा दुई हजार २३० मेट्रिक टन स्याउ उत्पादन गरिएकामा यस वर्ष १८८ हेक्टर जमिनमा दुई हजार ४७० मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत ठगुन्नाले बताउनुभयो । उनका अनुसार दार्चुलामा पछिल्लो समय स्याउ उत्पादनमा किसानको आकर्षण बढ्दै गएको छ ।

हिमाली क्षेत्रको स्याउ असोजमा मात्रै बजारमा आइपुग्ने भए पनि यस वर्ष जङ्गली जनावरको प्रकोप बढेकाले नौगाड र मार्माको स्याउ स्थानीय बजारमा आइपुगेको छ ।

Siddi ganesh

पहिलो पटक खलङ्गा, गोकुलेश्वर बजारसम्म स्याउ पठाइएको कृषकले बताएका छन् । दार्चुलामै उत्पादन भएको स्याउको मूल्य प्रतिकिलो २५० रुपियाँ कायम गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।

अन्य क्षेत्रमा फलेको स्याउ भने असोजपछि मात्रै बजारमा आइपुग्ने बताइएको छ । दार्चुलाको अपिहिमाल र व्यास गाउँपालिकामा सबैभन्दा बढी स्याउ फल्ने गरेको कृषि अधिकृत ठगुन्नाले बताए ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.