bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि आजदेखि छलफल हुँदै

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिम सरकारले भाद्र ३१ गते दोस्रो पटक संसदमा प्रस्तुत गरेको बजेटमाथि आजदेखि छलफल हुने भएको छ ।

यसअघि शुक्रबार देखि बजेटमाथि छलफल गर्ने भनिए पछि सत्तारुढ दलहरु बिच कै मतभेदका कारण बैठक बस्न सकेको थिएन ।

असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सरकारले असार १ गते प्रस्तुत बजेट फिर्ता लिएर दुई महिना पछि अर्को बजेट ल्याएको थियो ।
प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेका लागि बैठक आव्ह्रान गरेको थियो ।

Siddi ganesh

तर, शुक्रबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलहरु भित्र सहमति नबनेपछि बैठक नै स्थगित गरिएको थियो ।

त्यसपछि शुक्रबार साँझ पुनः बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलका सांसदहरु बिच शनिबार बैठक राखेर बजेट माथिको छलफल सुरु गर्ने समझदारी भएको छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.