
धनगढी – धनगढीको दुई गौशालालाई घाँस काट्ने विद्युतीय मेसिन र ठेला गाडी प्रदान गरिएको छ।
धनगढी उपमहानगरपालिका–१६ र १८ मा रहेको गौशालामा घाँस काट्ने विद्युतीय मेसिन र गौशालामा गाईबस्तुका लागि पराल, घाँस र भुसा बोक्न ठेला गाडीसमेत हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।

उक्त सामाग्री नगरपालिकाको पशु शाखाले गौशालालाई आज हस्तान्तरण गरेको हो।





























