एकता प्रगतिशिल सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरत बहादुर बोगटीको सभापतित्वमा आज बुधबार सम्पन्न भएको साधारण सभामा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विर बहादुर थापा रहेका थिए ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सहकारीका सचिव रमेश बोगटीले प्रस्तुत गरेका थिए भने आय–ब्यय प्रतिवेदन संस्थाकी सञ्चालक समितिकी कोषाध्यक्ष नन्दा देवी भट्टले प्रस्तुत गरेकी थिईन् । संस्थाले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १३ करोड ६ लाख ४९ हजार २८८ रुपियाँ बराबरको आर्थिक कारोबार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

nisarga

उक्त कारोबारबाट संस्थाले ८ लाख २३ हजार १ रुपियाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यस्तै प्रतिवेदन अनुसार संस्थाले आ व २०८०/८१ मा निक्षेपतर्फ ९ करोड ७३ लाख ८९ हजार ९५५ रुपैयाँ बचत संकलन गरेको छ भने ८ करोड ८५ लाख ३४ हजार ७ सय २२ रुपियाँ ऋण लगानी गरेको छ ।

साथै सहकारीको जगेडा तर्फ ४३ लाख ७३ हजार रुपैयाँ रहेको छ । १ करोड १७ लाख ९६ हजार ३ सय शेयरपुँजी रहेको संस्थामा हालसम्म ३ हजार २ सय २९ जना शेयर सदस्यहरु रहेका छन् । सञ्चालक समितिकी उपाध्यक्ष धना पाठकको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक शेर बहादुर बोगटीले गरेका थिए ।

संस्थाले साधारण सभाको अवसर पारेर संस्थामा आबद्ध सदस्यहरु मध्ये उत्कृष्ट बचत कर्ता, असल ऋणी, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट समुह,ज्येष्ठ नागरिक लगायत विभीन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई पुरस्कृत संगै सम्मानित गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि लगायत संस्थाका शेयर सदस्यहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।