सहकारीसंग हातेमालो गरेर काम गर्न मन्त्रालय तयार छ : सहकारी मन्त्री थापा

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विर बहादुर थापाले सहकारीसंग हातेमालो गरेर काम गर्न मन्त्रालय तयार रहेको बताएका छन् ।

आज कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभामा बोल्दै थापाले यस्तो बताएका हुन् ।

nisarga

‘सहकारीले हामी यो क्षेत्रमा काम गर्न चाहन्छौँ र यो ढंगबाट शेयर सदस्यहरुको जिवनस्तर माथी उठाउन चाहन्छौँ भन्ने निर्णय गरेर यहाँहरु मन्त्रालयमा आउनुभयो भने हाम्रो मन्त्रालय तपाईहरुसंग हातेमालो गर्न तयार छ’,उनले भने ।

थापाले व्यक्तिगत रुपमा पनि कृषकले आउँदा कामको आधारमा मन्त्रालयले सहयोग गर्ने बताए । उनले सहकारीले जनताका समस्या समाधानमा ठुलो सहयोग गरेको बताउँदै भिडले सहकारीले गरेका राम्रा कामहरुलाई ओझेलमा पारेर नराम्रा पक्षहरुको मात्रै प्रचार गरिरहेको बताए ।

उनले शेयर सदस्य र सहकारी सहकार्य गरेर अगाडि बढ्नुपर्ने भन्दै सहकारीहरुको मेरुदण्ड मानीने शेयर सदस्यले इमान्दारीता देखाउनु पर्ने बताए ।