
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को बास्कोटा क्षेत्रमा बास्कोटा – खैराना, खानेपाटी ट्याङ्की हुदै बसन्तपुर सडक खण्डमा कालोपत्रेका लागि निर्माणको काम आज बाट सुरु भएको छ ।
गोदावरी नगरपालिका र सँघिय सरकारको ५०/५०% रकमको आर्थिक सहयोगमा बन्दै गरेको सडक खण्डमा आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पूजाआजा सहित ३६ चौडाई रहने गरी नाली निर्माणका लागि शिलन्यास गरेका हुन ।

९ करोडमा ठेक्का आह्वान गरेको नगरपालिकाले बिडिङ हुदै गर्दा ६.५ करोडमा ठेक्का प्रक्रियाबाट सडक तथा कल्भर्ट निर्माणको काम आज बाट सुरु भएको हो । पछील्लो समयमा निर्माणका क्रममा सडक नाली निर्माणमा नापजाँचका त्रुटी एव् कम चौडाई देखिएकोले नाप नक्सा गरी ३६ फिट चौडाई राखि नाली सहित सडक कालोपत्रेको काम आजबाट बिधिबत अगाढी बढेको छ ।
कालोपत्रे सडक निर्माणको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट सँगै राष्ट्रिय योजना आयोगका सदस्य विजय कुँवर पूर्व , पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, वडा अध्यक्ष हेमप्रकाश मल्ल सहित स्थानियहरुको उपस्थिति रहेको थियो ।
उत्त बाटो कालोपत्रे भएमा स्थानीयलाई आवतजावतमा सहज हुने भन्दै नगर प्रमुख भट्टले समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । वडा नम्बर ४ भित्र धेरै विकटता रहेको बताउँदै भट्टले आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताए । त्यस्तै शिलान्यास कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकास मल्लले वडाको विकासमा सहयोग गरी दिन सबैलाई आग्रह गरेका छन् ।














