
दार्चुला – दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको मालिकार्जुन गाउँपालिका–२ जिउनाडास्थित खोलाको छेउमा सोही गाउँपालिका–८ मेलखेतका ६२ वर्षीय जसीराम पार्की बिहीवार मृत अवस्थामा फेला परेका हुन्।

घटना बारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।














