सुदूरपश्चिम महोत्सवमा हेलि टुर सेवा पनि

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टर टुरको पनि व्यवस्था गरिने तयारी गरिएको छ । भोली (शनिबार) देखि धनगढीमा १८ओै संस्करणको सुदूरपश्चिम सुरु हुँदैछ ।

सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक महत्व बोकेका क्षेत्र संगै कैलाली कञ्चनपुर अवलोकनको योजना सहित हेलिटुर सेवा सञ्चालाका लागि तयारी अघि बढाईएको कैलाली उद्योग वाणिज्य संघका सल्लाहकार माया प्रकाश भट्टले बताए ।

nisarga

उनका अनुसार खप्तड, रामारोसन, बडिमालिका लगायतका क्षेत्रको अवलोकन गर्ने प्याकेज सहित हेलिटुर सेवा सञ्चालन गर्ने र कैलाली कञ्चनपुरमा सिटि टुर हेलि सेवा सञ्चालन गरिने छ ।

महोत्सव मार्फत निजि क्षेत्रले सुदूरपश्चिमको विकासका लागि राज्यलाई दवाव दिंदै आएको सल्लाहकार भट्ट बताउन्छन् ।

सुदूरपश्चिमको विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटि जोड्ने सडक सञ्जालको विस्तार र स्तरिय सडक तथा अन्तराष्ट्रीय स्तरको हवाई सेवा सञ्चालन हुनु अपरिहार्य रहेको उनको भनाई छ ।

नीजि क्षेत्रले सरकारलाई चिन र भारत संगको व्यापारिक क्षमता बढाउन स्तरिय सडक सञ्जाल निर्माणका लागि जोड दिय पनि सरकारले त्यता तर्फ ध्यान दिन नसकेको उनको गुनासो छ ।