
कैलाली – कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने व्यक्ति कमेडी च्याम्पियन सिजन २ का सहभागी हिक्मत महरा भएको पुष्टि भएको छ।
मंगलबार साँझ गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो। महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए, तर हाल गोदावरी–४ मा बस्दै आएका थिए।

हिक्मत महरा नेपाली हास्यव्यंग्य क्षेत्रका उदाउँदै गरेका प्रतिभा थिए। उनी कमेडी च्याम्पियन सिजन २ मा आफ्नो प्रस्तुतिका कारण लोकप्रिय बनेका थिए। उनको असमयिक निधनले नेपाली मनोरञ्जन क्षेत्र र उनका प्रशंसकलाई शोकाकुल बनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महरा गोदावरीबाट अत्तरिया तर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।















