दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

Image
maya metro

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–५ मल्तडी बस्ने ३१ वर्षीय बिरराम लुहारको मृत्यु भएको हो।

nisarga

आफन्तलाई लिन जाने क्रममा घरबाट अन्दाजी ५ सय मिटर टाढा रहेको जेवलाधार भिरबाट लडेर १५० मिटर तल खस्दा लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।