सुदूरपश्चिम रोयल्स संग कर्णाली याक्स पराजित, रनरेटका आधारमा कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

Image
maya metro

कर्णाली याक्स लिगको प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको छ। अहिले जारी सुदूरपश्चिमविरुद्धको खेलमा पराजयको संघारमा पुगे पनि नेट रनरेटका आधारमा कर्णालीले प्लेअफमा स्थान बनाउन सफल भएको हो।

सुदूरपश्चिमले १२.२ ओभरमा लक्ष्य पूरा गरेको भए कर्णाली लिगबाट बाहिरिने थियो र काठमाडौंले प्लेअफमा स्थान बनाउने थियो। तर, सुदूरपश्चिमले १२.२ ओभर पार गरेपछि मात्र लक्ष्य पूरा गरेकाले कर्णालीको प्लेअफ स्थान सुरक्षित भएको हो।

nisarga

यससँगै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ, र कर्णाली अब प्लेअफमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछ।