गोदावरीका बालबालिकालाई न्यानो लुगा वितरण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।

हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त बाजेको सहकार्य र महिला नेता रिता शाहिको पहलमा गोदावरी नगरपालिका–४,दामदरे,स्थित बाह्रदेउ आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो लुगा वितरण गरिएको हो ।

३५ जना जेहेन्दार र अनाथ बालबालिकाहरु लाई न्यानो लुगा र टोपि वितरण गरिएको हो ।