गोदावरीबाट लागूऔषधसहित ३ युवक पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित ३ युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका २३ वर्षीय कमलेश बम, वडा नम्बर २ बनखेत बस्ने बर्ष २१ वर्षीये अमित सार्की र २५ वर्षीय विरेन्द्र साँउद रहेका छन् ।

शुक्रबार पक्राउ परेका बमको साथबाट ७२० मिलिग्राम लागू औषध (हेरोईन),शनीबार बेलुकी पक्राउ परेका सार्कीको साथबाट २० ट्याब्लेट र विरेन्द्र साँउदको साथबाट १६ ट्याब्लेट लागूऔषध स्पास्मो बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।