गोदावरीबाट अवैध काठसहित एक जना पक्राउ

Image
फाइल फोटो

अत्तरिया – कैलालीको गोदावरीबाट अवैध काठसहित एक जना पक्राउ परेका छन्। अवैध काठ, ट्याक्टर र ट्याक्टर चालक धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय रमेश डगौरा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले गोदावरी नगरपालिका–१ पुर्व रोडबाट पश्चिम तर्फ आउँदै गरेको से १ त ६३३७ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्दा अबैध जमुना जातको काठको गोलिया थान–२ र बट्ररो जातको काठको गोलिया थान–२ गरि ४ थान काठको गोलिया (९० क्युफिट) फेला पारी पक्राउ गरिएको हो।

डगौरालाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापाले बताएका छन्।