डोटीमा ड्युटीमै बेहोस भएका प्रहरी हवल्दारको मृत्यु

Image

डोटी – डोटीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका-२ घर भई इलाका प्रहरी कार्यालय विपिनगरमा कार्यत ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको डोटी प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार बिहान ३ बजेदेख ६ बजे सम्मको कार्यालय ड्युटीमा रहेका उनी एक्कासी छाति दुखेर बेहोस भएका थिए ।

त्यसपछि उनलाई स्थानीय विपिनगर पोलिक्लिनक लगिएको थियो । थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएका पालीलाई चिकित्सकले मृत घोषणा गरेको डोटी प्रहरीले जनाएको छ ।